नयाँ दिल्ली: “देशमा आतंकवादी, उग्रवादी औ नक्सलवादी आक्रमणमा ६५ प्रतिशत ह्रास आएको छ। हिंसा फैलाउने यस्ता राष्ट्रद्रोहीहरूमाथि सशक्त प्रहार गरिएको छ” केन्द्रिय गृहमन्त्री अमित शाहले भने।
यसमा देशको पुलिसको महत्वपूर्ण भूमिका रहेको छ भनेि उनले जानाएका छन्।
शाहले उपरोक्त मन्तव्य शनिवार दिल्लीमा ”पुलिस स्मृति दिवस”- को अवसरमा ”राष्ट्रिय पुलिस स्मारक”- मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले भने, देशको कुना-कुना अनि सीमामा स्वतन्त्रतादेखि अहिलेसम्म जति पनि जवानहरूले आफ्नो प्राणको आहुति दिएका छन् उनीहरू सबैलाई नमन। कृतज्ञ राष्ट्को तर्फबाट उनी सबैलाई श्रद्धाञ्जलि अर्पण गर्दछन्। शाहले सबै शहीद परिवारहरूसित भने, आज देश विश्वमा अग्रसर भइरहेको छ। यसको आधारमा तपाईहरूको आफन्तको सर्वोच्च बलिदान छ। यसलाई राष्ट्रले कहिल्यै पनि भूल्न सक्दैन।
गृहमन्त्री शाहले भने, देशको सीमा सुरक्षा होस् वा आन्तरिक सुरक्षा सजग पुलिस तन्त्र बिना यो सम्भव छैन। सरकारका सबै कर्मीहरूमध्ये यदि कसैको सबैभन्दा कठिन ड्यूटी छ भने त्यो हो पुलिस जवानको ड्यूटी। पिस्लिने गर्मी होस् वा कठ्याँङ्ग्रिने जाड़ो वा चाड़-पर्व सुचारू रूपले देश संचालन होस् भनेर उनीहरू आफ्नो ड्यूटीमा तैनाथ रहन्छन्।
गृहमन्त्रीले अझ भने, चाहे आतंकवादीहरूको सामना गर्नु होस् वा अपराधलाई रोकथाम गर्नु, विशाल भीड़मा कानून व्यवस्थालाई कायम राख्नु होस् वा आपदाको बेलामा ढाल भएर आम नागरिकहरूको सुरक्षा गर्नुहोस् हाम्रो देशका पुलिस जवानहरूले सबै अवसरमा आफूलाई साबित गरेका छन्। यिनीहरूको योगदानलाई कहिल्यै भूल्न सकिँदैन। उक्त कार्यक्रममा केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाह लगायत पुलिसका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।