मिरिक: मिरिकका चारवटा संस्थाहरु मिरिक भूतपूर्व सैनिक समाज,राङभाङ ,मिरिक होमस्टे संगठन,ओकाइटी धजे समाज अनि एक्स सेकेण्ड ज्याक बडी गार्ड दार्जिलिङद्वारा टिस्टा बाढी पीडितहरु २६ जनालाई ६००० गरेर प्रदान गरियो। कल्याण राई,उमेश तामाङ, श्याम गुरुङ र निमा दोर्जेको निर्देशनमा गएको टोलीले पिडीतहरुलाई सहयोग गरेको बताइएको छ।