सिलगढी: बाढ प्रकोप आपादाको घोषणा बङ्गाल सरकारले अहिलेसम्म नगरेको कारण अनि राज्यले केन्द्रलाई कुनै पनि रिपोर्ट नबुझाएको कारण नै जीटीएको बाड पीडित क्षेत्रहरुम केन्द्रले कुनै राशी नआएको कुरा दार्जिलिङका सासद राजु बिष्टले आज राजमार्ग १० बाड पीडित परिवार भेट गर्ने क्रममा बताए।
सिक्किमले केन्द्र सरकारलाई बाड प्रकोप क्षेत्रको घोषणा गर्दै तत्काल रिपोर्ट बुझाउन साथ केन्द्रले सरकारले आर्थिक सहयोग पुराए भने प.बङ्गाल सरकारले बाड प्रकोप क्षेत्रको घोषणा नै नगरेको कारण नै केन्द्रबाट अहिलेसम्म राशी नपठाएको जनाउदै जीटीए क्षेत्रमा भएको बाड प्रकोप क्षेत्रलाई राज्यले झट्ट बाड प्रकोप क्षेत्र घोषणा गरे भोलि नै केन्द्रबाट कडरौ आर्थिक सहयोग आउने कुरा सासद बिष्टले जनाए। यद्पी आफुले देशको गृहमन्त्री सित बातचित गरि सकेको र चाडै नै केन्द्र सरकारले कही सहयोग गर्ने कुरा बिष्टले जनाए। जीटीए क्षेत्रको ५०० वाट बाड प्रभावित घरहरु मद्ये आफुले पनि ५ परिवार बाड पीडित घर निर्माण गरिदिने आश्वासन राजुबिष्टले दिए।राजु विष्टले आज २९ माइल, गेले खोला, नाजोकको बस्ती एनएच १० टिस्टा बाढीग्रस्त क्षेत्रको भ्रमण गरे।
म यहाँ थिएँ र आज यहाँ छु र केन्द्रीय सरकारले यहाँका मानिसहरूलाई मद्दत गर्न जे पनि गर्नेछ भनी सासदले जनाए।
पत्रकारसँग कुराकानी गर्दै उनले ममता ब्यनार्जी र उनका मन्त्रीहरूलाई गाली गरे।
टिस्टा नदीको बाडमा हाम्रो मानिसहरु धेरैले ज्यान गुमाएका छन र धेरैको घरहरू बगेका छन तर ममता बनर्जीलाई वास्ता छैन। उहाँले यहाँ प्रकोप क्षेत्र घोषणा गर्न सक्नुहुन्थ्यो तर उनले गरेनन् किनभने यदि उनले गरे भने उनले राहत कोषको रूपमा धेरै नगद गर्नुपर्नेछ जुन उनी गर्न चाहँदैनन्,/राज्य मुख्य मन्त्री ममता ब्यनार्जी बिरामी परेमा समय यहाँ आउँछिन् ताकी उनी निको हुन यहाको मोमो खान सकून् तर उनी यहाँका मानिसहरूलाई परेको बेलामा उनी आएन्न। उनले विपत्तिको खबर सुन्न साथ यहाँ आउनु पर्ने हो तर किन मुख्यमन्त्री आएन्न भनी प्रश्न राखे।राजु बिष्टले ममता बनर्जीका मन्त्रीहरूले बोल्नु अघि अध्ययन गर्न पनि सुझाव दिए।

यी मन्त्रीहरू यहाँ पर्यटक भएर आएर यथार्थ नजानेर केके बोल्छन्, बोल्छन्” उनले भने। उनले विस्थापित जनतालाई केन्द्र सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए।