नेपाल पुलिसको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

Police-Security-1024x624-1.jpg

काठमाडौं: नेपाल पुलिसमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ ।पुलिस निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र पुलिस सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो।
दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ। पुलिस निरीक्षक पदको हकमा अनलाइनमार्फत् र पुलिस सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने पुलिस प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ। पुलिस निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ। तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ।
पुलिस सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ। साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।
पुलिस निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने पुलिस सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ। पुलिस निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र पुलिस सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement