नयाँ दिल्ली: केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, नेशनल कोअपरेटिभ कन्ज्यूमर्स फेडरेशन अफ् इण्डिया लिमिटेड (एनसीसीएफ) आगामी वर्ष २०२७-२८ सम्ममा ५० हजार करोड़ रुपियाँको टर्नओभर हासिल गरेर आत्मनिर्भर हुनुपर्छ। शाहले शुक्रवार नयाँ दिल्लीमा एनसीसीएफको निदेशक मण्डललाई सम्बोधन गर्दै भने, एनसीसीएफले देशभरिका प्राथमिक कृषि ऋण समितिहरू (पैक्स) अनि अन्य सहकारी संस्थाहरूलाई आफ्नो सदस्य बनाउनेमाथि बल दिनुपर्छ जसबाट यो सुनिश्चित हुन सकोस् कि एसीसीएफको अंश पूँजीमा सहकारिताको अनुपात अपेक्षाकृत अधिक होस्।शाहले भने, एनसीसीएफलाई एउटा आत्मनिर्भर सहकारी संस्था बनाउनको लागि आगामी १० वर्षको एउटा रोडम्याप बनाउनुपर्छ जसलाई क्रियान्वयन गर्न सहकारिता मन्त्रालयले आफ्नो पूर्ण सहयोग दिनसक्छ। केन्द्रिय सहकारिता मन्त्रीले एनसीसीएफले आफ्ना सहयोगी कम्पनीहरूबाट इथेनल उत्पादन गराउनको लागि गुजरात, बिहार सहित अन्य राज्यहरूका किसानहरूबाट मकै खरिदलाई सुनिश्चित गर्नुपर्ने आवश्यक्तामाथि विशेष बल दिए। मन्त्रीले भने, यदि एसीसीएफ र नेफेडले चाह्यो भने सहकारिता मन्त्रालयको सहयोगमा राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी)-बाट डिजिटल प्लेटफर्ममा आफ्नो एक कमन ऐप तयार गराउन सक्छ अनि यस कमन ऐपको माध्यमबाट सामाञ्जस्य स्थापित गरी मकै खरिद गर्न सकिन्छ।शाहले एनसीसीएफले किसानहरूबाट दाल खरिद गरी निर्यातको अवसर खोज्ने अनि यस खरिदलाई न्यूनतम समर्थन मूल्य (एमएसपी)-माथि सुनिश्चित गर्नेमाथि बल दिए। उनले एग्रेसिभ, एक्सटेन्शन औ मार्केटिङ्गलाई अप्नाउने, किसानहरूलाई अघिबाटै आश्वासन दिएर खरिद गर्ने तथा कमन कलेक्शन सेन्टर स्थापना गर्नेमाथि पनि बल दिए। उनले आफ्नो सम्बोधनमा यो पनि भने, एनसीसीएफले प्याज र दालहरूको खरिदको लागि प्याक्ससित सम्बन्ध काय गर्नसक्छ ताकि सहकारिता क्षेत्रमा विश्वको सबभन्दा विशाल भण्डारण योजना अन्तर्गत यसको भण्डारणको व्यवस्था गर्न सकियोस्।