राहत कोषको धनराशि सटीक ठाउँमा पयोग हुनेछः मुख्यमन्त्री
गान्तोक: वर्तमान सरकारले गत केही दिन अघिदेखि निरन्तररूपमा बाढ पीडितहरूलाई आर्थित सहयोग पुऱ्याउँदै आइरहेको छ। यसै क्रममा आज राजधानीस्थित चिन्तन भवमा आयोजित कार्यक्रममा उत्तर जिल्लामा गत ४ अक्टोबरको दिनदेखि फँसेका चालकवर्गहरूलाई २० हजार गरेर आर्थिक सहयोग प्रदान गरे। यस अवसरमा मुख्यमन्त्रीले कूल २३३ जना चालकहरूलाई आर्थिक सहयोग प्रदान गरे भने सोही प्रकारले मुख्यमन्त्री राहत कोषमा पनि आज धेरै जनाले धनराशि जम्मा गरे। विशेष गरेर बिहारको सत्सङ चेरिटएवल ट्रस्टले मुख्यमन्त्री राहत कोषमा एक करोड जम्मा गऱ्यो। यसरी नै अन्य धेरै संघ संस्था साथै व्यक्ति विशेषले पनि सहयोग पुऱ्याए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले गत ४ अक्टोबरको दिन उत्तर जिल्लाको लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा जलस्तर वृद्धि भएको थियो, जसको कारण धेरै मानिसहरूले ज्यान गुमाउनु परेको थियो। उक्त दिनको प्रकृतिक प्रकोपको कारण धेरै मानिसहरू घरबिहिन बन्न पुगेका छन्। सोही प्रकारले पर्यटकहरू लिएर उत्तर जिल्लाको लाचेन, लाचुङ, चुङथाङ पुगेका अन्य जिल्लाका चालकवर्गहरू केही दिनसम्म उता नै बस्नु पर्ने बाध्यता सृजना भएको थियो। तर मौसम सफा भएपछि सबै जनालाई सेनाको हेलिकप्टरको माध्यमद्वारा सुरक्षित ल्याइएको थियो। यसरी उत्तर जिल्लाका पुगेका चालकवर्गको भने वाहनहरू अहिलेसम्म पनि उता नै रहेको हुनाले यहाँ कमाउन नसकेको स्थितिलाई ध्यानमा राख्दै सरकारले सहयोग राशि प्रदान गरेको उनले जानकारी गराए। यसै क्रममा उनले आगामी दिन पहिलो चरणमा पाँचसय जना चालकहरूको निम्ति घर बनाइने दिने पनि आज मुख्यमन्त्री तामाङले घोषणा गरे। सोही प्रकारले राज्य सरकारद्वारा शुरू गरिएको मेरो रूख मेरो सन्तति योजना विशवको निम्ति उदाहरणीय रहेको र यसलाई विश्वस्तरको कुनै एक कार्यक्रममा सोकेस गरिने पनि अवगत गराए। वर्तमान सरकारले सबैलाई तत्कालिन राहत प्रदान गर्दै आइरहेको र राहत भन्ने कुरामा विलम्ब गर्न नहुने बताए। राहत कोषमा संग्रह गरिएको एक एक रूपियाँ प्रभावित परिवारकोमा पुग्ने उनले विश्वास दिलाए। मानिसहरूले खुन पसिनाको कमाइ राहत कोषमा प्रदान गर्दै आइरहेको कारण यसको सही ठाउँमा सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे।