पाकिम जिल्लामा जिल्लास्तरीय कला उत्सव कार्यक्रम आयोजित

IMG-20231020-WA0275.jpg

पाकिम: पाकिम जिल्ला परियोजना कार्यालय र समग्र शिक्षाको संयुक्त पहलमा हिजो पाकिम जिल्लाको रूबरन हलमा जिल्ला कला उत्सव प्रतियोगिता सम्पन्न भयो। सो कार्यक्रममा पाकिम जिल्ला अन्तर्गत ३० वटा विद्यालयले सहभागिता जनाएको थियो।

कला उत्सव विद्यालय शिक्षा र साक्षरता विभाग, शिक्षा मन्त्रालय सरकारको पहल हो। देशभरिका विद्यालयहरूमा, विद्यार्थीहरूको कलात्मक प्रतिभाको पालनपोषण र प्रदर्शन गरेर शिक्षाको क्षेत्रमा कलालाई प्रवर्द्धन गर्न यस प्रकारको कार्यक्रम शुरू गरिएको हो।

यस कार्यक्रम वर्ष २०१५ देखि निरन्तररूपमा देशभरिनै आयोजना भइरहेको छ। यस वर्ष विद्यार्थीलाई विभिन्न कला विधामा रुचि विकास गर्न उत्प्रेरित गर्ने र प्रोत्साहित गर्ने उद्देश्यका साथ विद्द्यार्थीहरूलाई अवसर प्रदान गर्दै आइरहेको छ। उक्त कार्यक्रममा संयुक्त निर्देशक नारायण मिश्रा लगायत शिक्षा विभागका अन्य अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए भने मुख्य अतिथिकोरूपमा सीईओ एडी छेत्री रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि छेत्रीले यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्यबारे विस्तृतरूपमा अवगत गराए।उनले विद्यार्थीलाई विभिन्न कला विधामा शिक्षा सहभागिता जनाएकोमा धन्यवाद दिँदै समग्र विकास र भविष्यमा थप प्रतिस्पर्धी बनाउन शिक्षकहरुलाई आग्रह समेत गरे। उनले निर्णायकहरुलाई धन्यवाद दिदै विभिन्न कला विधाका अनुभवी न्यायाधीशहरुलाई आमन्त्रण गरेकोमा आयोजक समितिको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement