कोविड़ सिक्किम: कोरोनाको १०८ नयाँ मामिला, ५९ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको १०८ वटा नयाँ मामिला अघि आएको र ५९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। यो रोगले आज १ जनाको मृत्यु भएको विभागले जनाएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ४६४ जनाले कोरोना जाँच गरेकोमा, पूर्व सिक्किमबाट ६० जनामा, पश्चिम सिक्किमबाट २५ जनामा, दक्षिण सिक्किमबाट २३ जनामा र उत्तर सिक्किमबाट ० गरि कुल १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या बढ़ेर ५३७ पुगेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर २०.५ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३८,२१८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,९८४ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४६१ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement