सोरेङ: सोरेङ जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रममा विशेष गरेर लम्पी रोगको कारण सोरेङ जिल्लामा पनि धेरै वटा गाईहरूको मृत्यु भएको थियो भने कृषकहरूको मर्मलाई ध्यानमा राख्दै सरकारको तर्फबाट गाईपालकहरूलाई क्षतिपूर्ति प्रदान गरियो। विभागलाई प्राप्त जानकारी अनुसार सोरेङ जिल्लामा लम्पी भाइरसको कारण १२० वटा गाईको मृत्यु भएको छ भने पहिलो चरणमा राहत सहायताका लागि ७९ लाभार्थीहरूलाई चिन्हित गरिएको छ। यस अवसरमा ७९ जना गाई पालकहरूलाई सरकारको तर्फबाट क्षतिपूर्तिस्वरूप चेक वितरण गरियो। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले जानकारी गराए अनुसार रहल गाईपालकहरूलाई पनि शीघ्र आर्थिक सहयोग प्रदान गरिने सरकारले लक्ष्य राखेको छ। जिल्लापालले बताए अनुसार यो आर्थिक सहयोग जसले गाईको बिमा गरेको थिएन केवल उनीहरूलाई मात्र प्रदान गरिएको हो।