साप्ताहिक समाचार पत्रका सम्पादक टोलीद्वारा मुख्यमन्त्री राहत कोषमा सहयोग प्रदान

IMG-20230410-WA0169-11-300x172-5

गान्तोक: गत ४ अक्टोबरमा टिस्टा नदीमा आएको जल प्रलयका कारण सिक्किममा हजारौँ मानिसहरू प्रभावित बनेपछि हाल उनीहरूको जीवन सामान्य बनाउने राज्य सरकारको अभियानमा धेरैले सहयोगको हात बढ़ाइरहेका छन्।

यसै क्रममा आज सिक्किम राज्यबाट नियमित रूपमा प्रकाशित हुँदै आइरहेका नेपाली साप्ताहिक समाचार-पत्रका सम्पादकहरूको एउटा टोलीले आफ्नो संकटको घड़ीमा सरकारको साथ खड़ा हुँदै मुख्यमन्त्री राहत कोषमा २०,५०० रुपियाँ प्रदान गरेका छन्।

जानकारी गराइन्छ, टिस्टा त्रासदीमा कसैले आफ्नो घर गुमाएका छन् भने कसैले आफ्नो परिवारका सदस्य गुमाएका छन्। सङ्कटको यो समयमा टिस्टा बाढी पीडितहरूका निम्ति हाल राज्यका विभिन्न संघ-संस्थाहरूले सहयोगका हातहरू अघि बढाइरहेका छन्।

योसँगै राज्यभरिका संघ-संस्थाहरूले टिस्टा बाढ़ी प्रभावित क्षेत्रहरूमा श्रमदान दिने कार्य भइरहेको छ भने टिस्टा बाढ़ी पीड़ितहरूलाई फेरि पहिले जस्तै सामान्य जीवनमा फर्काउनका लागि कटिबद्ध राज्य सरकारको हात थप दहि््रलो बनाउन अन्य ठाउँका सरकार र विभिन्न संघ-सस्थाहरूले मुख्यमन्त्री राहत कोषमा सहयोग राशि प्रदान गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement