बाढ़मा ज्यान गुमाउनेहरूको निम्ति रिवो साङ्छो अनुष्ठान

n5491436461697817286595fe5de3e3a51cd0dece272ef74fad8236a59114c92ba637ff269c978c05d65361.jpg

पाकिम: टिस्टा बाढ़मा ज्यान गुमाएका अनि पीड़ितहरूको निम्ति आज रम्फू एसडीएम कार्यालय मैदानमा डेञ्जोङ ग्यादेन छोक्पा छोङ्पोको आयोजनमा आज “रिवो साङ्छो’’ अनुष्ठान गरियो। यसमा परम पावन ख्याब्जे गोनजाङ रिम्पोछेको मुख्य उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई माउण्टेन अफ् स्मोक अफरिङ्ग्स पनि भनिन्छ। परम पावन ख्याब्जे गोनजाङ रिम्पोछेसँगै परम पावन ख्याब्जे नाम्ची दुङसे रिम्पोछे, भेन. खिँचुपेरी टुल्कु, राज्यका धर्म, सहकारी अनि ग्रामीण विकास विभागीय मन्त्री भेन. सोनाम लामा, भेन. सिमिक डोरलोप अनि बौद्ध भीक्षुहरूको उपस्थिति रहेको थियो।

जानकारी गराइन्छ, रिवा साङ्छो जीवित प्राणी र मृतक दुवैलाई फाइदा पुऱ्याउने सबैभन्दा शक्तिशाली अभ्यासहरूमध्ये एक हो। यस अनुष्ठानमा हाम्रो कर्म सम्बन्धी भएका सबै प्राणीहरूको लागि प्रसाद बनाइन्छ। यस अनुष्ठानमा प्रार्थना गर्नु अनि आपदाको समय मारिएका मानिसहरूको आत्मालाई शान्ति पाउनमा सहायता गर्ने साधनको रूपमा कार्य गरिन्छ। ख्याब्जे रिम्पोछेहरू अनि भेन सोनाम लामाले हालै ४ अक्टोबरमा टिस्टा नदीमा आएको विनाशकारी बाढ़मा ज्यान गुमाउनेहरूको आत्माशान्ति अनि पीड़ितहरूहरूको निम्ति प्रार्थना गरे। यस अवधि आवास विकास विभागका अध्यक्ष कर्मा टाशी भोटिया, पाकिमका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल अनुपाल तामलिङ, धर्म विभागका निदेशक किटार शेर्पा, महकुमा अधिकारी श्रीमती सुजाता सुब्बा लगायत विभिन्न विभागका अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement