सिटिजन एक्सन पार्टीले गरे राज्यपालसॅंग शिष्टाचार भेट

n54914364416978171836064b3f37e75c48e9f2a07a302346f8148d5137c6231f23b69b814157fa6aaeb02a.jpg

गान्तोक: सिटिजन एक्सन पार्टीका पदाधिकारीहरूले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। भेट अवधि विभिन्न विषयहरूमाथि चर्चा गरिएको राजभवनले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।

पार्टी अध्यक्ष एलपी काफ्लेको अगुवाईमा गएको टोलीमा मुख्य संयोजक गणेश राई एवं कार्यकारी सदस्यहरू सामेल थिए।

राज्यपालले सबैलाई यस आपदाको समयमा एकजुट भएर मानवीय संवेदनाहरूका साथ शारीरिक, आर्थिक र मानसिक रूपले आपदा पीडित मानिसहरूको मनोबल बढाउन बल दिए। राज्यपालले दुर्गा पूजाको अवसरमा सबैलाई शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement