दसैँ विशेष: सप्तमी फूलपाती

IMG-20231020-WA0202

नौरथाको सप्तमी तिथिमा फूलपाती शोभायात्रा निकाल्ने चलन छ। नेपालको फूलपाती र भारतको फूलपातीमा अन्तर छ- नेपालमा षष्ठीसम्म गरेको पूजाका फूलपाती गोर्खा राजप्रासाददेखि हनुमानढोका राजप्रासादसम्म शोभायात्रा गरीकन ल्याइपुऱ्याउँदछन् भने भारतमा घरघरमा गरिएका पूजाका फूलपाती सार्वजनिक पूजा स्थलसम्म पुर्यातइन्छ र पछि शोभायात्रा गरी नगर परिक्रमा गरिन्छ। शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ। कृषकहरूहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धान्य (अन्न)-को पूजा गरी अन्नका बाला र बोट घरमा भित्र्याउँछन्। फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौ-नौ परिमाणले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्राह्माणी, रक्तचण्डिका, लक्ष्मी,  दुर्गा, चामुण्डा, कालिका, शिव, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ। 

मधेशीहरूले फूलपाती शोभायात्रा निकाल्दैनन्। यो गोर्खा जातिको मौलिक पर्व हो। भारतका गोर्खाबहुल क्षेत्रमा विविध संघ-संस्थाहरूको तत्वावधानमा झाँकी प्रदर्शन, जातीय खुकुरी प्रदर्शन, लाखे नृत्य मालसिरी गायन आदि प्रस्तुत गरिन्छ।  सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्रीस्वरूप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ। घटस्थापनाको दिनदेखि नै दशैं थालिएको भए पनि दशैंको झालाकझिलिक रौनक भने आज अर्थात् फूलपातीदेखि थालनी हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैँको रौनक देखिन्छ।  सप्तमीमा दुर्गाको विनाशकारी कालरात्रि रूपको पूजा हुनाका साथै पाहाड़ी हिन्दूहरू महासरस्वतीको नाममा ज्ञानको पूजा गर्दछन्। पोथी (पुस्तक), लेखनी (कलम), लेखन खाता आदि महासरस्वतीलाई चढाउने गर्दछन्। वसन्त ऋतुमा सरस्वती पूजा गर्न बंगालीहरूबाट सिकेका छन्। शस्त्रको पूजा त गरिआएकै हुन्छन्। सामरिक जाति हुनाले महासरस्वतीअघि साङ्ग्रामिक विद्या र देशरक्षाको सङ्कल्प गरीकन आसिक लिने गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *