कोलकाताः माकपा नेता एवं कोलकाताका पूर्व मेयर विकास रन्जन भट्टाचार्य अस्वस्थ भएका छन्। उनलाई अस्पतालमा भर्ती गराइएको छ। माकपा सूत्रहरू अनुसार, कलकत्ता हाईकोर्टका वरिष्ठ अधिवक्ता भट्टाचार्यलाई सास लिनमा समस्या भइरहेको थियो। उनी पहिलेदेखि नै हृदय रोगले ग्रसित छन्। बिहिवार राति छात्ती दुःखेपछि उनलाई ईएम बाईपास नजिक एक निजी अस्पतालमा भर्ती गराइएको छ।
शुक्रवार अस्पतालको तर्फबाट जारी बयान अनुसार, अहिले उनको स्थिति स्थिर छ। राज्यसभा सदस्य रहिसकेका विकास रन्जन पेशाले दक्ष अधिवक्ता हुन्। पश्चिम बंगालमा अधिकतर भ्रष्टाचारका मामिलाहरूमा राज्य सरकार विरूद्ध अकाट्य तर्क राख्ने भट्टाचार्य कलकत्ता हाईकोर्टमा न्यायको प्रतीक मानिन्छन्। नारद स्टिङ अपरेशनलाई अन्जाम दिने पत्रकार मैथ्यू सैमुअलको केस निःशुल्क लड्नदेखि लिएर नौकरी उम्मेदवारहरूको मामिलालाई प्रमुखताले कोर्टमा लड्ने भट्टाचार्य अस्वस्थ भएको खबर फैलिनसाथ उनका समर्थकहरू र प्रशंसकहरू चिन्तित छन्।
-हिस