खरसाङ: दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएशनद्वारा टिस्टा पुगेर आपदामा परेकाहरूलाई सहयोग गरेका छन्। दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएशन अन्तर्गत गिध्द पहाड़देखि दार्जिलिङ मोडसम्मका खरसाङ लोवर डिभिजनद्वारा टिस्टा पुगेर जीटी हेल्प लाइनमा टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीलाई २० वटा सिलिण्डर ग्यास र कनेक्शन पनि आपदामा प्रभावितहरूलाई वितरण गर्नलाई प्रदान गरेका छन्। यस अवसरमा एसोसिएशनको पक्षबाट सभापति रवि प्रधान, सचिव नितेन छेत्री र अन्यहरू उपस्थित भएर टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीका सदस्यद्वय सभासद नवराज छेत्री र सभासद मणिप्रसाद राईलाई हस्तान्तरण गरेका छन्। टिस्टा आपदामा परेका प्रभावितहरूलाई सहयोग गरेकोमा टिस्टा डिजास्टर म्यानेजमेन्ट कमिटीको पक्षबाट सभासदद्वय नवराज छेत्री र मणिप्रसाद छेत्रीले दार्जिलिङ हिमालयन रेलवे कन्ट्याक्टर वेलफेयर एसोसिएशनप्रति आभार प्रकट गरेका छन्।