वृक्षारोपण एवम् रुखको विरुवा वितरण

photocollage_2022717173719583.jpg

सिलगढी: हाल प्रचण्ड गरमले गर्दा मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। भारतीय जनता पार्टीको सिलगढी सांगठनिक जिल्ला ५ नम्बर मण्डल कमिटी एवम् भारतीय जनता युवा मोर्चाको तर्फबाट आज वृक्षारोपण एवम् रुखको विरुवा वितरण कार्यक्रमको आयोजना गरियो। भाजपाको तर्फबाट २८ नम्बर वार्डको विभिन्न ठाउँमा रुखको विरुवाहरू रोप्नको साथै वार्डवासीहरूलाई रुखको विरुवा पनि वितरण गरियो। भाजपा सिलगढी सांगठनिक जिल्ला युवा सभापति अरिजीत दासले बताएअनुसार आज एउटा कार्यक्रमको माध्यमद्वारा १०० वटा रुखको विरुवा वितरण गरियो। उक्त कार्यक्रम सिलगढीको विभिन्न वार्डहरूमा पनि गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement