पूजा बोनसको निम्ति श्रमिकहरूले आन्दोलन गर्नु यो कस्तो विडम्बना: ब्यानर्जी
दार्जीलिङ: पूजा बोनसको निम्ति पनि चिया श्रमिकहरूले आन्दोलन गर्नु पर्ने यो कस्तो स्थिति आयो भन्दै हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता जोन भिटो ब्यानर्जीले तेर्साए प्रश्न।गोरूबथानको मिसनहिल चिया बगानमा पनि पूजा बोनसको विषय लिएर श्रमिकहरू धेरै रूष्ठ रहेको देखिएको छ।स्थानीय चिया श्रमिकहरू को दुखमा आत्मासात गर्न आज विहान हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता जोन भिटो ब्यानर्जी गोरूबथानको मिसनहिल चिया बगान पूग्यो।स्थानीय चिया श्रमिकहरू को पक्षमा खडा हुदै तिनले अधि भने राज्यको श्रमायुक्तले पहाडको चिया बगान श्रमिकहरूलाई १९ प्रतिशतको दरले पूजा बोनस दिने निर्देश जारी गरी सकेको छ,जसको फलस्वरूप पहाडको चिया बगानहरू मा कार्यरत श्रमिकहरूलाई १९ प्रतिशतको दरले पूजा बोनस दिन्दैछ तर गोरूबथानको मिसनहिल चिया बगानको मालिकले श्रमिकहरूलाई किन १० प्रतिशत मात्र दिन्छु भन्दैछ, उनी राज्यको श्रमायुक्त भन्दा ठूलो हो भन्दै ब्यानर्जीले प्रश्न तेर्साए।तिनले अधि भने हिज अस्तीको दिन मिसनहिल चिया बगानको मालिकले ११ प्रतिशतको कुरा गर्दै थियो तर अहिले फेरि घटेर १० प्रतिशत मात्र दिन्छु भन्दैछ यो के हो भन्दै ब्यानर्जीले प्रश्नमाथि प्रश्न तेर्साए।श्रमिकहरूले घाम पानी केही नभनी बगानमा काम गर्छ अनि दशैको समयमा पूजा बोनसको निम्ति श्रमिकहरूले आन्दोलन गर्नु पर्ने यो कस्तो विडम्बना ब्यानर्जीले भने।