उद्योगपति हीरानन्दानीको हलफानामाले महुआ मोइत्राको कठिनाई बढ़ायो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राको निम्ति कठिनाई बढ़ेको छ। अडानी समूहका प्रतिद्वन्द्वी उद्योगपति दर्शन हीरानन्दानीबाट करोड़ौं रुपियाँ र महँगो उपहार लिएर संसदमा प्रश्न प्रश्न उठान गरेको आरोपमा नयाँ मोड़ आएको छ। हीरानन्दानीले उक्त आरोपलाई सही बताएका छन्।

उनले हलफनामा दिएर स्वीकार गरेका छन्, महुआले उनीबाट रुपियाँ र महँगो उपहार लिएकी छन्। उक्त खुलासापछि मोइत्राको पार्टी तृणमूल कंग्रेस पनि ब्याक फुटमा छ। यद्यपि महुआले दाबी गरेकी छन्, भाजपाको दबावमा आएर हीरानन्दानीले यस किसिमको हलफनामा दिएका हुन्।

लोकसभा अध्यक्ष ओम बिरला यस मामिलामा गम्भीर छन्। उनले स्पष्ट पारेका छन्, घूस लिएर संसदमा प्रश्न गरेको आरोप अत्यन्त गम्भीर हो। उल्लेखनीय छ, पूर्वमा यस्तै एउटा मामिलामा सांसदको सदस्यता खारेज भएको रेकर्ड छ। यसैले केही हदसम्म सम्भव छ कि महुआलाई पनि यस्तै दिन देख्नुपर्छ। यदि यस्तो भयो भने यो तृणमूल कंग्रेसको लागि लोकसभा चुनाउपूर्व ठूलो झट्का हुनसक्छ। लोकसभा अध्यक्षले यस मामिलालाई संसदको अध्यक्ष कमिटी समक्ष पठाएका छन्। दुवै कमिटीले आगामी २६ अक्टोबरमा बयान रेकर्ड गर्नको लागि डाकेको छ।

एक दिनपूर्व एथिक्स कमिटीका अध्यक्ष विनोद सोनकरले भनेका थिए, उनलाई संसदमा ‘प्रश्न सोध्नको लागि क्यास लिएको’ मामिलामा महुआ मोइत्राविरूद्ध दर्शन हीरानन्दानीको पत्र अहिलेसम्म प्राप्त भएको छैन।

उल्लेखनीय छ, भाजपा सांसद निशिकान्त दुबेले लोकसभा अध्यक्षलाई लेखेको पत्रमा भनेका छन्, महुआ मोइत्राले व्यापारी दर्शन हीरानन्दानीबाट पैसा लिएर संसदमा प्रश्न सोधेकी हुन्। यो विशेषाधिकारको गम्भीर उल्लङ्घन, सदनको अवमानना औ आईपीसीको धारा-१२०अन्तर्गत अपराध हो। यसअघि सुप्रीम कोर्टका एकजना अधिवक्ताले पनि यस्तै दाबी गर्दै सीबीआई निदेशकलाई पत्र लेखेर मामिलाको जाँच गर्ने माग गरिसकेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement