खोरीबारीमा पिस्तोल सहित पक्राउ

IMG-20231020-WA0172.jpg

खोरीबारी: खोरीबारीमा पिस्तोल सहित २ जना बदमाशलाई पक्राउ गरेको छ। पक्राउपछि आज आरोपीहरुलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मालदाको इङ्ग्लिश बजार निवासी इन्द्रनील सरकार र सैकत टुडूको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एसएसबी जवानहरूले गोप्य सूचनाको आधारमा हिजो खोरीबारी ब्लकको पीडब्ल्युडी मोडमा अभियान चलाएर एउटा पिस्तोल, २ राउन्ड कार्तुस सहित २ जना बदमाशलाई पक्राउ गरेपछि खोरीबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement