कोरोनाकाे १,२७५ नयाँ मामिला, १,२५३ मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,२७५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,०१,०४० पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले पञ्जाब र हरियाणाले १,२३० र २३ मृतककाे हिसाब मिलाए भएकाे पछी हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,२९१ पुगेको छ। यसरी नै यस अवधिमा ३२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६७,४५७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २९२ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २०,६१० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५७,६४,६०४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा १०८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,७३,०८७ जनाले यो खोप लगाइसकेको छन्।