रेपिडेक्स होइन, ‘नमो भारत’ बन्नेछ देशको पहिलो रेपिड ट्रेनको नाम, यसको गति हुनेछ १६० किलोमिटर/घन्टा

1.webp

नयाँ दिल्लीः देशको पहिलो द्रुत रेलको प्रतीक्षा समाप्त हुन लागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले २० अक्टोबर अर्थात शुक्रबार गाजियाबादको साहिबाबादमा देशलाई रेपिड ट्रेनको उपहार दिनेछन्। यो ट्रेनको अधिकतम गति १६० किमी प्रति घण्टा हुनेछ। यसले ६० मिनेटमा १०० किलोमिटरको दुरी पार गर्न सक्नेछ। देशले आफ्नो पहिलो रेपिड रेल उपहारमा पाउने भएको छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २० मा र्‍यापिड रेलको उद्घाटन गर्नेछन्। उहाँले साहिबाबादमा ११ बजेर १५ मिनटमा र्‍यापिड ट्रेनलाई झण्डा देखाउनु हुनेछ। केन्द्र सरकारले यो रेपिडेक्स रेलको नाम बदलेर ‘नमो भारत’ गर्ने निर्णय गरेको छ। उद्घाटनपछि अक्टोबर २१ गतेदेखि सर्वसाधारण यात्रुले पनि यो रेलबाट यात्राको मजा लिन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement