गुवाहाटी: प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय बन्दरगाहहरू, शिपिङ र जलमार्ग मन्त्री सर्बानन्द सोनोवालको नेतृत्वमा भारद्वारा ‘विश्व समुद्री भारत शिखर सम्मेलन २०२३’ ले देशको अर्थव्यवस्थाको निम्ति आशाजनक प्रकाश ल्याएको छ।
मुम्बईमा आयोजित सम्मेलन बन्दरगाह आधुनिकीकरण, हरित हाइड्रोजन र अमोनिया व्यापार र वाणिज्य, जहाज निमानी आदिसित सम्बन्धित छ।
यस अवधि ३ लाख रूपियाँभ्दा अधिकको रेकर्ड निवेश गरियो र ७० अनुबन्धमा हस्ताक्षर गरियो। प्रदेश भाजपा मुख्यालयबाट जारी एक बयानमा प्रदेश भाजपाले केन्द्र सरकारको कदमको स्वागत जनाएको छ सातै सोनोवाललाई विशेष धन्यवाद दिइयो। बयानमा भनियो, केन्द्र सरकारको कदम समुद्री क्षेत्रमा भारतको शक्तिलाई बलियो बनाउनका साथै देशका जलमार्ग, जहाज चालन आदि मुद्दाहरूमाथि सकारात्मक प्रभाव पार्दछ।