गान्तोक: पश्चिम बंगालको कोलकातामा १७ देखि १९ अक्टोबर २०२३ सम्म आयोजित ३४औं जुनियर ईस्ट जोन एथलेटिक्स मीटमा भाग लिन सिक्किम एथलेटिक्स संघले २३ जुनियर एथलीटहरूलाई पठाएको थियो। उक्त प्रतियोगितामा सिक्किमका ५ खेलाडीहरूले मोठ ६ वटा पदक जित्न सफल बनेका छन्।
१. सबिना राई – गोल्ड २००० मिटर स्टीपल चेस (18 वर्षमुनि केटीहरू)
२. आयुष तामाङ-गोल्ड २००० मिटर स्टीपल चेज (केटाहरू)
३. आँचल राई – रजत २००० मिटर स्टीपल चेस
४. मनोज कामी – रजत १५०० मिटर दौड
५. सुक म्यान सुब्बा – कांस्य ३००० मिटर स्टीपलचेज
६.मनोज कामी – कांस्य ५००० मिटर दौड
सिक्किम एथलेटिक्स संघले सबै पदक विजेताहरूलाई साथै राज्यको प्रतिनिधित्व गर्ने एथलीटहरूलाई पनि बधाई दिएको छ।