मुख्य सचिवले बोलाए राज्यस्तरीय ब्यांकर्स समितिको बैठक

IMG-20231019-WA0335.jpg

गान्तोक: बाढीको प्रकोपबाट पीडितहरुका लागि राज्यमा सञ्चालि विभिन्न ब्यांक शाखाहरुलाई लिएर राहतको विकल्प खोज्न राज्स्तरीय ब्यांकर्स समितिको बैठक टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा बस्यो। बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव भीवी पाठकले गरेका थिए। बैठकमा भारतीय रिजर्व ब्यांकका क्षेत्रीय निर्देशक किशोर परियार, सिक्किम सरकारका विभिन्न विभागका वरिष्ठ अधिकारीहरु, नाबार्डका वरिष्ठ अधिकारी एनके सिंह र सिक्किमका सबै ब्यांकका प्रमुखहरू सहभागी थिए। हिजो राज्य मन्त्रिपरिषद्ले पारित गरेको र त्यसको निर्देशन अनुसार बैठक बसेको हो। जसमा प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत दिने सम्बन्धी आरबीआईको सर्कुलर ब्यांकहरूले कार्यान्वयन गर्नुपर्ने सुनिश्चित गरेको थियो। बैठकको उद्देश्य हालैको बाढीबाट प्रभावित ऋणीहरू र अन्यका लागि राज्यका बयांकहरूले थाल्नुपर्ने तत्काल र दीर्घकालीन राहत उपायहरूबारे छलफल गर्नु थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement