१७ जुलाईः बन्दाखेती स्पोर्टिंग क्लब (बीएससी)-को तत्त्वावधानमा आउँदो २४ जुलाईदेखि देवकुमारी खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को आयोजन गरिनेछ। लंगभ्यू बन्दाखेती खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमलाई प्रवेश दिइनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३,५०० रुपियाँ तोकिएको छ। अधिक जानकारीको निम्ति सम्पर्क नम्बरः
७५८४८०६४६२
८९१८९०६१८१










