पाकिम: बाढी प्रभावित पीड़ित परिवारहरूलाई अनुग्रह राशि प्रदान गर्ने कार्य जारी रहेको छ। यस क्रममा आज रम्फूस्थित एसडीएम कार्यालयले पीड़ित परिवारहरूलाई अनुग्रह राशि विरतण गऱ्यो।आजसम्म कुल १५८ चेक वितरण गरिएको जानकारी दिइएको छ।एसडीआरएफ र एनडीआरएफको दिशानिर्देश अनुसार रम्फूकी एसडीएम सुजाता सुब्बा, डुगाका बीडीओ आईबी छेत्री र राजस्व अधिकारी बिमल गुरूङले पीड़ित परिवारहरूलाई चेक वितरण गरे।