हाम्रो संस्कृति नै हाम्रो पहिचान होः राज्यपाल

n5488268521697734603530bfc38d97f48d14e00a7c46b9a777e3077b03264656828d25ea9ab2949123359b.jpg

गान्तोक: साहित्यिक संस्था ‘हाम्रो चिन्हारी’ का अध्यक्ष चक्रपाणि भट्टराई, सचिव डा. कृतिका शर्मा र अन्य सदस्यहरूले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि चक्रपाणि भट्टराईले हाम्रो चिन्हारीको लक्ष्य र गतिविधिहरूको बारेमा राज्यपाललाई जानकारी दिए। उनले संस्थाको उद्देश्य उत्तर पूर्व क्षेत्रका विविध संस्कृति र परम्पराहरूलाई संरक्षित गर्नु रहेको बताए। राज्यपालले सांस्कृतिक विरासतलाई र एकतालाई बढावा दिने संस्थाका प्रयासहरूको सराहना गर्दै भने, सिक्किमका मानिसहरू संस्कृति बाच्ने गर्दछन्। उनले राज्य तथा देशको समृद्ध विविधता पूर्ण संस्कृतिको महत्वमाथि प्रकाश पार्दै भने, भारतीय संस्कृति हामीलाई विरासतमा प्राप्त भएको छ र हाम्रो चिन्हारीले हाम्रो सांस्कृतिक विरासतलाई संरक्षित अनि संवर्धित गर्ने सराहनीय कार्य गरिरहेको छ। राज्यपालले परम्पराहरू भावी पीढीसम्म पुऱ्याउनु पर्ने महत्वमाथि बल दिॅंदै भने, हाम्रो संस्कृति नै हाम्रो पहिचान हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement