अमित शाह ५ नोभेम्बरमा बिहार भ्रमणमा

IMG-20231019-WA0330.jpg

पटना: केन्द्रिय गृहमन्त्री अमित शाह आगामी ५ नोभेम्बरको दिन बिहार दौड़ाहमा आइरहेका छन्। यहाँ आएपछि उनले मुजफ्फरपुरमा ऱ्याली गर्नेछन्। साथै पताही हवाईअड्डामा भाजपाको जनसभालाई सम्बोधन गर्नेछन्।
यसको लागि भाजपाका १६ वटा जिल्लाहरूका अध्यक्षगण, पदाधिकारीगण, सांसदगण, विधायकगण समेत अन्य कार्यकर्ताहरूलाई भीड़ जुटाउने टास्क दिइएको छ। भाजपा प्रदेश अध्यक्ष सम्राच चौधरीले पनि शाहको ऱ्यालीलाई लिएर आगामी २५ अक्टोबरमा समीक्षा बैठक गर्नेछन्।
उल्लेखनीय छ, भाजपाको ध्यान बिहारको ४० लोकसभा सीटमाथि केन्द्रित भएको छ। ऱ्यालीहरूको बहानामा भाजपाले बिहारको महागठबन्धन सरकारमाथि आघात पुऱ्याइरहेको छ। अमित शाहले पछिल्लो छः महिनाको अन्तरालमा चार पटक बिहारको भ्रमण गरिसकेका छन् भने पाँचौ पटक उनी मुजफ्फरपुर आइरहेका छन्। ५० दिनभित्रमा गृहमन्त्रीले बिहारमा दोस्रो ऱ्याली गर्नेछन्। यसपूर्व उनले गत १६ सेप्टेम्बरमा मधुबनी जिल्लाको झँझारपुरमा आयोजित भाजपाको ऱ्यालीलाई सम्बोधन गरेका थिए। बिहारबाटै विपक्षी एकताको बिकुल फुकिएको थियो। यसैले भाजपाले पनि बिहारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement