गान्तोक: मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले आज चिन्तन भवनमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ हस्तान्तरण गरिन्। पछि मिडियाकर्मीहरुसंग कुरा गर्दै राईले दान गरिएको रकम आफिनो स्वेच्छिक अवकाश योजनाबाट प्राप्त भएको व्यक्तिगत बचतको हिस्सा भएको बताइन्। उनले हालैको विपद्बाट प्रभावित मानिसहरुप्रति गम्भीरता देखाउँदै यस समयमा प्रभावितहरूको साथमा उभिने र सरकारलाई सहयोग गर्ने प्रतिबद्धतामा जोड दिए।