१९ प्रतिशत बोनसको मांगमा लङ्भ्यु चियाबारीमा धरणा प्रदर्शन जारी

IMG-20231019-WA0324.jpg

शीघ्र बोनस नदिइए पङ्खाबारी रोडमा चक्का जाम गर्ने सभासदद्वारा चेतावनी

खरसाङ: राज्य सरकारले सबै चियाबारीमा काम गर्ने श्रमिकहरुलाई १९ प्रतिशतको दरले बोनस दिनुपर्छ भनेर निर्देश दिए तापनि खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीमा भने अझसम्म बोनस दिइएको छैन। गत तीन दिनदेखि लगातार बोनसको मागमा चिया बगानको कार्यालय अघि श्रमिकहरूले धर्ना दिइरहेका छन्। आज पनि श्रमिकहरुले चाँडो बोनस दिने मागमा यहाँ धर्ना प्रदर्शन गरे अनि चिया बगान प्रबन्धकहरूलाई कार्यालयमा नै प्रायः दिनभरि थुनेर राखे। यस सन्दर्भमा बगानका मुख्य प्रबन्धक अजित पाल सिंहले आज नै श्रमिकहरुको बोनस दिइने तर दशैँ अघि दश प्रतिशत अनि तिहार अघि रहल नौ प्रतिशत दिइने जनाए। यसै अवधि क्षेत्रिय सभासद कल्पना प्रधान पनि आइपुगिन्। उनले सोझै फोनमार्फत् कलकत्तामा चिया बगानका मालिकहरूसँग बातचीत गरिन् अनि यथाशीघ्र बोनस दिने माग गरिन्। उनले प्रत्येक वर्ष नै यस चियाबारीमा यसरी नै झमेला हुने गरेको जनाउँदै श्रमिकहरुले आफ्नो अधिकार मागेको कुनै भीख मागेको होइन भनी जनाइन्। उनले शीघ्र बोनस नदिइए पङ्खाबारी रोडमा चक्का जाम गर्ने पनि चेतावनी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement