पंचमीको बिहानैदेखि कोलकाताका सड़कहरूमा दर्शनार्थीहरूको भीड़

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा माँ दुर्गाको आराधना भक्ति भावले शुरू भइसकेको छ। आज बिहिवार पंचमी हो र बिहानैदेखि सड़कहरूमा पूजा घुम्नेहरूको भारी भीड़ देखिएको छ। कोलकाताका धेरै हिस्साहरूमा ट्राफिकलाई नियन्त्रित गरिएको छ।

श्रीभूमि, एकडलीया एवरग्रीन, लेक पल्ली, मोहम्मद अली पार्क, ७५ पल्ली, सन्तोष मित्र स्क्वायर जस्ता भव्य पण्डालहरूलाई हेर्न हजारौंको संख्यामा मानिसहरू सड़कहरूमा उत्रेका छन्। कोलकाताका सड़कहरूमा भारी संख्यामा पुलिसकर्मीहरूलाई तैनात गरिएको छ ताकि भीड़लाई नियन्त्रित गर्न सकियोस् र ट्राफिक पनि सामान्य रहोस्। तरैपनि ट्राफिक व्यवस्था अव्यस्थित भइरहेछ। मानिसहरू बिहानैदेखि आ-आफ्ना आफन्त, साथी भाईहरूको साथ पूजा घुम्न निस्किरहेका छन्।

महानगर कोलकाताका सबै २४ मेट्रो स्टेशनहरूलाई लगभग पूर्ण रूपमा खुल्ला गरिएको छ। मेट्रोभित्र यात्रीहरूको भारी भीड़ लागेको छ। मेट्रोको टिकट काउन्टरमा टिकट लिनका लागि स्टेशन बाहिरसम्म मानिसहरूको भीड़ लागेको छ। कोलकाता पुलिसका एक वरिष्ठ अधिकारी अनुसार, अहिले त शुरूआत हो। भोली शुक्रवार षष्ठीको दिनदेखि अझ् अधिक संख्यामा मानिसहरूको भीड़ जमा हुनेछ। नवमीसम्म भीड़ यस्तै रहनेछ।

-हिस

About Author

Advertisement