कोलकाताः कलकत्ता हाईकोर्टको निर्देशानुसार प्राथमिक शिक्षा बोर्डका अध्यक्ष गौतम पालसॅंग सीबीआईका अधिकारीहरूले आधा रातिसम्म सोधपुछ गरेका छन्। बुधवार कलकत्ता हाईकोर्टको आदेश अनुसार उनलाई सॉंझ छ बजीसम्म सीबीआई कार्यालय पुग्न लगाइएको थियो भने उनी सात मिनट अघ पुगेका थिए। लगभग पॉंच घण्टापछि राति लगभग ११ बजी गौतम निजाम प्यालेसबाट बाहिर आए। उनी बाहिर आए तापनि बोर्डका उपसचिव पार्थ कर्माकरसॅंग केन्द्रिय जॉंच ब्यूरोका अधिकारीहरूले अबे रातिसम्म सोधपुछ गरिरहे।
हाई कोईले गौतमलाई बुधवार सॉंझ छ बजीसम्म सीबीआई समक्ष उपस्थित हुन निर्देश दिएको थियो। गौतम सॉंझ ५ः५३ बजी निमाम प्यालेस पुगे। सीबीआई कार्यालयमा प्रवेश गर्नअघि उनले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिएनन्। राति बाहिर आएपछि उनले भने, मलाई सीबीआई कार्यालयमा उपस्थित हुन लगाइएको थियो। म कोर्टको आदेशमा आएका छु। मैले सीबीआई अधिकारीहरूले सोधेका प्रश्नहरूको जवाफ दिएको छु।
-हिस