कोलकाताः पश्चिम बंगालको ऐतिहासिक दुर्गा पूजाको शुरूवात भइसकेको छ। एक दिनअघि बुधवार चतुर्थीको रातिदेखि नै मानिसहरू सड़कमा निस्किएका छन्। आज पञ्चमी हो र आज पनि ठूलो संख्यामा मानिसहरू बिहानदेखि कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा बनेका भव्य दुर्गा पूजा पण्डाल र विशालकाय मूर्तिहरू हेर्न निक्लिरहेका छन्।
मौसम विभागले दुर्गा पूजा घुम्ने मानिसहरूलाई खुशीको खबर दिएको छ। मानिसहरूको यस उत्साहमा पानी विघ्न बन्ने छैन। गत १० दिनदेखि पश्चिम बंगालमा पानी परेको छैन र यो हप्ता पनि पानी पर्ने सम्भावना छैन। बिहिवार कोलकातामा न्यूनतम तापक्रम २५.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री धेरै हो भने अधिकतम तापक्रम ३२.६ डिग्री सेल्सियस छ, जुन सामान्य हो।
कोलकाता लगायत अलावा हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुज़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि मौसम सामान्य रहेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि पानी पर्ने सम्भावना छैन।
-हिस