पकिस्तनका पूर्वप्रधानमन्त्री नवाज शरीफले पाए सुरक्षा जमानत

Nawaz-Shariff

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई ‘संरक्षणात्मक जमानत’ दिने निर्णय गरेको छ। लण्डनमा स्वनिर्वासित जीवन बिताइरहेका नवाज शरीफ स्वदेश फर्कनुअघि अदालतको यो निर्णय आएको हो। नवाज शरीफलाई ‘संरक्षणात्मक जमानत’ दिनुको अर्थ अर्को हप्ता अदालतको सुनुवाइ अघि उनलाई पक्राउ गर्न सकिँदैन। नवाज सरिफ हाल बेलायतमा छन् र अक्टोबर २१ मा पाकिस्तान फर्कने कार्यक्रम छ। सन् २०१९ मा पाकिस्तानी अदालतमा सुनुवाइका क्रममा अनुपस्थित भएका कारण उनलाई फरार घोषित गरिएको थियो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि नवाज सरिफले २०१७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement