पवन चामलिङले गरे पश्चिम सिक्किमका विभिन्न स्थानहरूको भ्रमण

n548809234169772852658745f498a89c646778615b11684b8db47e0acb64f6d610cca339d01977e0ea8e69.jpg

गान्तोक: आफ्नो भ्रमणलाई निरन्तरता दिँदै सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आज पश्चिम सिक्किमका विभिन्न गाउँहरूको दौडाहा गरे। पश्चिम सिक्किमको दौडाहमा गएका चामलिङलाई जुम-सालघारी समष्टिअन्तर्गत जुम फाटकमा सर्वप्रथम पश्चिम सिक्किमका एसडीएफ पार्टी पदाधिकारीलगायत स्थानीय जनताले भव्य स्वागत जनाए।उक्त जानकारी एसडीएफले प्रेस विज्ञप्तिमा दिएको छ।एसडीएफ अध्यक्षले आज आफ्नो भ्रमण अवधिमा टिम्बुरबुङ, लिचिङ, दराप, पेलिङ, लेगसेप आदिका विभिन्न शोकसन्तप्त परिवारहरूलाई भेटी समवेदना व्यक्त गरे। यसैअवरमा चामलिङले सोरेङ-च्याखुङ, मानेबुङ-देन्ताम, याङथाङ तथा गेजिङ-बर्मेक समष्टिका स्थानीय जनतासित प्रत्यक्ष संवाद गरी जनताका सङ्घर्षरत जीवनबारे जायजा लिएको बताइएको छ।
स्थानीय जनताले संवाद गर्दै उहाँलाई वर्तमान समयमा तिनीहरूले भोग्नु परिरहेका अनेकौँ समस्याहरू आवगत गराए। यसका साथै जनताले आफ्नो भोट दिएर नयाँ सरकार बनाए तापनि आफूहरूले चाहेजस्तो काम सरकारले गर्न नसक्दा दुःख पाइरहेको गुनासो चामलिङसमक्ष पोखेको बताइएको छ।
जनगुनासो सुनवाइ गर्दै एसडीएफ अध्यक्षले जनताका चाहनाअनुसार काम गर्न नसक्ने एसकेएम सरकारलाई सत्ताबाट बाहिर फ्याक्ने समय बेसि छैन भनी बताए। यसका साथै एसडीएफ पार्टी जनताका जीवनमा फेरि पनि सुख ल्याउन र सिक्किमको विकास, समृद्धि, शान्ति र सुरक्षाका निम्ति प्रतिवद्ध बनेको विचार चामलिङले जनतासमक्ष साझा गरे। यसरीनै चामलिङले आफ्नो भ्रमण अवधिमा विगत केही महिनाअघिको भीषण पैह्रोले प्रभावित देन्ताम समष्टिको इन्टेक क्षेत्रको पनि नीरिक्षण गर्दै पैह्रो पीडित परिवारहरूसँग अन्तरक्रिया गरेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement