गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा एसकेएम सह-कोषाध्यक्ष रमेश सुब्बाले निर्माण गरिदिएपछि पोकलोक कामराङ निर्वाचन क्षेत्रको तिनेक निवासी अशोक लामाले आज नयाँ घर पाएका छन्।यसरी नयाँ घर पाएपछि भावुक बन्दै लाभार्थी अशोक लामाले एसकेएम सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले एसडीएफ सरकारले २५ वर्ष शासन गर्दा पनि गरीबहरूमाथि ध्यान नदिएको आरोप लगाए भने वर्तमान सरकारको विचार गरीब-दुःखीप्रति उदार रहेको बताए। उनले २०२४-को चुनाउमा यसरी आफूजस्तो गरीब-दुःखीलाई हेर्ने पार्टीको सरकारलाई नै ल्याउनुपर्छ भन्ने विचार पोखेका छन्।