आईएफबीपीसीएस मण्डलीद्वारा बाढ प्रभावित परिवारलाई सहयोग प्रदान

IMG-20231019-WA0337.jpg

गान्तोक: सिक्किममा गत ४ अक्टोबरको बिहानीपख आएको भल अनि बाढीले व्यापक क्षति पुऱ्यापछि धेरै मानिसहरु पीडित बनेका छन्। यस्तो संकटकालिन अवस्थामा सरकार सॅंगसॅंगै विभिन्न संघ संस्थाहरु पनि पीडित परिवारहरुलाई सहयोग गर्न अघि आइरहेका छन्।

यसै क्रममा सिक्किमस्थित आईएफबीपीसीएस मण्डलीहरुको संयुक्त तत्वावधानमा हिजो एउटा टोलीले उत्तर सिक्किमको विभिन्न स्थानमा पुगेर बाढीले प्रभावित परिवारहरुलाई सहयोग पुऱ्याए। यस टोलीले बाढीमा सर्वस्व गुमाएका पीडित परिवारहरुसँग भेट गरेर उनीहरुलाई शान्तवना दिए साथै कतिपय खाद्यान्न सामग्री, लुगाफाटा अनि केही रकमहरु पनि प्रदान गरे।

सिक्किमभरि रहेका सम्पूर्ण आईएफबीपीसीएस मण्डलीहरुले साथै दरामदिन युनाइटेड एकाडमी स्कूल अनि दरामदिनस्थित चन्द्रहाङ थेगिमका परिवारले पनि यस सहयोग कार्यमा हात बढाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement