मुख्यमन्त्रीले गरे विभिन्न कल्याण योजनाका लाभार्थीहरूलाई चेक वितरण

n548788464169772392462062a745464631148ec019b643d68ac37f624981bd5bcfaaf0cb1f56464c5bd89b.jpg

गान्तोक: मुख्यमन्त्री कार्यालय सिक्किमले दशैंको अवसर पारेर राज्यका धेरै मानिसहरू र विद्यार्थीहरूलाई आर्थिक सहयोग र कल्याण योजनाको अनुदान वितरण गरेको छ। आज बिहिवार गान्तोकको चिन्तन भवनमा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री पीएस तामाङले विभिन्न योजना र अनुदानका चेक लाभार्थीहरूलाई वितरण गरे।

मुख्यमन्त्री कार्यालयले जानकारी दिएअनुसार मुख्यमन्त्री स्वास्थ्य सहायता कोष अन्तर्गत सरकारको वात्साल्य योजनाका १९ जना लाभार्थीलाई उपचार सहयोग प्रदान गरिएको छ। यस योजनाबाट आईवीएफ उपचारका लागि सरकारले लाभार्थी परिवारलाई तीन लाख रुपियाँ दिने गरेको छ।

मुख्यमन्त्री राहत कोषबाट विभिन्न आपदामा परेका १० परिवारलाई सरकारले सहायता राशि वितरण गरेको छ। मुख्यमन्त्री विवेकाधिन कोषबाट जीविकोपार्जन व्यवसाय गर्न चाहने धेरै मानिसहरूलाई आज सहयोग राशि वितरण गरिएको छ भने गरीब परिवारका विद्यार्थीलाई उच्च शिक्षार्जनका लागि पनि मुख्यमन्त्री कोषबाट सहयोग राशि लाभार्थी विद्यार्थीहरूलाई हस्तान्तरण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मुख्यमन्त्री कार्यालयबाट गरिने सहयोगका लागि अति आवश्यक परेका मानिसहरूलाई चयन गरिनुपर्ने र स्वीकृत योजना राशि लाभार्थीसम्म पुग्ने प्रक्रियालाई सहज बनाउनुपर्ने निर्देश दिए। गरिबीका कारण उपचार गर्न असमर्थ मानिसहरू, उच्च शिक्षामा वञ्चीत विद्यार्थी, चाहेर पनि जीपिकोपार्जन व्यवसाय शुरु गर्न नसकिरहेका मानिसहरूलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालय सदैव तयार रहेको जानकारी दिंदै मुख्यमन्त्रीले कार्यालबाट अनुमोदन गरिएका सबै योजनाको राशि लाभार्थीसम्म पुगेको सुनिश्चित कार्यालयका सचिवले गर्नुपर्ने मुख्यमन्त्रीले निर्देश दिएका छन्।

उनले सरकार सधैं गरीब परिवारको पक्षमा रहेको र विशेष रूपले राज्यका विरामीहरूलाई उपचारमा सहयोग पुऱ्याउन मुख्यमन्त्री कार्यालय सधैं तत्पर रहेको बताए। उनले राज्य बाहिर उपचार गराउनुपर्ने मानिसहरूलाई आँफै लागेर सहयोग पुऱ्याइरहेको पनि उनले बताए। मुख्यमन्त्रीको कोषबाट वितरण गरिएका सबै सहयोगलाई पारदर्शी राख्न लाभार्थीको नाममा अनुमोदित धनराशि चेक अथवा डीबीटी मार्फत दिइने गरेको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन्। उनले सिक्किम आमा योजना, घर मरमत, सिक्किम गरीब आवास योजना लगायत अन्य सहुलियत तिहारपछि वितरण गरिने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement