साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं: यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन ।नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो। नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए। अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए। पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो। पावरप्लेमा अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन जोडे। १० औं नम्बरमा आएका ब्याटर वरुण मुदलियाले बनाएको ११ रन नै साउदीका खेलाडीले जोडेको सर्वाधिक स्कोर रह्यो। उनी २० औं ओभरको पहिलो बलमा दिपेशको बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका थिए ।नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिए ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो ।ओपनर ब्याटर अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए। उनले एक खेलमा सार्वधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन्। अर्जुनले दीपक बोहरासँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग १५५ रनको साझेदारी गरे। कप्तान देव खनाल भने डक आउट हुन पुगे। दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहे।साउदी अरेबियाका मोहम्मद अहमद र अहमद राजाले दुई/दुई विकेट लिए। जुहैर मोहम्मद सजिव मुजिबुर रहमानले एक/एक विकेट लिए।
समूह चरणको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement