राजगञ्ज: डेङ्गुको रोकथाम गर्नको लागि प्रशासन तत्पर रहेको छ। यसै क्रममा ब्लक स्वास्थ्य विभागको पहलमा आज आमबारीमा मच्छरदानी वितरण गरियो। राजगञ्ज आमबारीको कामारभिटा उप स्वास्थ्य केन्द्रबाट आज लगभग २००वटा मच्छरदानी वितरण गरियो। जिल्ला स्वास्थ्य विभागको निर्देशमा तथा राजगञ्ज ब्लक स्वास्थ्य विभागको पहलमा डेङ्गुबारे मानिसहरूलाई जागरूक गराउनको साथै मच्छरदानी पनि वितरण गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति रूपाली दे सरकार, राजगञ्जका बीडीओ पंकज कोनार, ब्लक स्वास्थ्य अधिकारी राहुल राय, बिन्नागढी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद लगायत अन्य उपस्थित थिए।