मङ्पू बौद्ध गुम्बामा तीनदिने धार्मिक अनुष्ठानको आयोजना

man1.jpg

मङ्पू: मङपू लाब्दा दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा तीनदिने धार्मिक अनुष्ठान समाप्त भयो। गुम्बामा तीन दिन आयोजना गरिएको धार्मिक कार्यक्रम अवधि टिस्टा नदीको बाढमा हालै प्राण गुमाउने मृतकहरुको चिर आत्मा शान्तिको कामना गर्दै १०८ वटा बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरियो।बौद्ध धर्मगुरुहरु लामा रिगजीन, आचार्य साङगे छोपेल, उदय लामा, बुद्ध योञ्जन अनि पासाङ थोकोरको अगुवाईमा तीनदिन ब्यापी धार्मिक अनुष्ठान सम्पन्न गरियो।

यसरी पुजासँगै गुम्बामा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। पुजाको अन्तिम दिन बौद्ध धर्मगुरुहरुले धार्मिक प्रवचनसँगै भक्तहरुलाई अभिषेक (वाङ) पनि वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement