अजयले अनितलाई लेख्यो पत्र

1000374071.jpg

बन्द चिया बगानको श्रमिकहरूलाई जीटीए रिलिफ फ्रण्डबाट तीन हजार गरेर दिने गरयो अनुरोध

दार्जीलिङ: बन्द चिया बगानको श्रमिक हरूलाई श्रमिक राहत कोषबाट तीन तीन हजार रूपियाँ को दरमा वितरण दिने अनुरोध गर्दै निर्वाचित सभासद अजय एडवाडर्सले जीटीए चीफ अनित थापालाई लेख्यो पत्र। दार्जीलिङ पहाडको चारवटा चिया बगानहरू गत धेरै दिन अधिदेखि बन्द अवस्थामा रहेको छ। दशै जस्तो महान पर्वमा बन्द चिया बगानहरूको श्रमिकहरूलाई धेरै प्रकारको समस्याहरू हुने विषयलाई ध्यानमा राख्दै, निर्वाचित सभासद अजय एडवाडर्सले आज जीटीए चीफ अनित थापालाई पत्रचार गरेको छ। सभासद एडवाडर्सले आफ्नो पत्रमा गत कोरोना संक्रमणकालमा जीटीएले चिया श्रमिकहरूलाई आर्थिक सहयोग पूराउने संकल्प लिन्दै जीटीए चेयरम्यान रिलिफ फ्रण्डको संग्रह गरेको थियो। जीटीए चेयरम्यान रिलिफ फ्रण्डमा दुई करोड रूपियाँ भन्दा धेरै अर्थ संग्रह भएको छ उक्त संग्रह भएको राशीबाट बन्द चिया बगानहरूमा मुण्ठा कोठी चिया बगानमा ९ सय श्रमिकहरू रहेका छन, रम्बुक सिर्डर चिया बगानमा १ हजार श्रमिकहरू छन, चुङथुङ चिया बगान ६१० श्रमिकहरू छन,अम्बोटिया चिया बगानमा ६५० श्रमिकहरू छन,मंगरजुङ चिया बगानमा ८५० श्रमिकहरू छन अनि पेशोक चिया बगानमा ३ सय श्रमिकहरू छन जम्मा ४,३१० श्रमिकहरूले पूजा बोनस पाउने छाँट नभएको देखेर जीटीए सभासद अजय एडवाडर्सले यी चिया श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फ्रण्डबाट ३ हजार रूपियाँ गरेर दिने जीटीए चीफ अनित थापा समक्ष अनुरोध गरेको छ। दशै हाम्रो महान पर्व हो। यस पर्वमा हाम्रो आफन्ताहरू भेट आउँने साथै भेटन जाने प्रथा छ तर बन्द चिया बगानको श्रमिकहरूले पूजा बोनस समेत नपाएको हुनाले उनीलाई धेरै समस्याहरू भई रहेको छ। यस्तो स्थितिमा श्रमिकहरूको नाममा संग्रह गरिएको रिलिफ फ्रण्डबाट उनीहरूलाई सहयोग पूराउन सकेको खण्डमा उनीहरूले धेरै राहत मसुस गर्नेछ भन्ने एडवाडर्सले बताएको छ। जीटीए चीफ अनित थापालाई लेखेको पत्रमा सभासद एडवाडर्सले अधि भनेका छन् ‘गत बर्ष यस्तो स्थिति सृजना हुदा मैले जीटीए चेयरम्यान रिलिफ फ्रण्डमा पाँच लाख रूपियाँ दिने घोषणा गरेको थिए, जून बाचा मैले बन्द चिया बगानहरूको श्रमिकहरूलाई खाद्यान्न पूराएर पूरा गरी सकेको छु’ तिनले भनेका छन्। सभासद एडवाडर्सले जीटीए चीफ अनित थापा समक्ष अनुरोध गर्दै दशै आई सकेको छ, भोलीदेखि पूजाको विदा हुने भएको छ,त्यसकारण अविलम्ब बन्द चिया बगानहरूको श्रमिकहरूलाई ३ हजार रूपियाँ गरेर जीटीए चेयरम्यान रिलिफ फ्रण्डबाट वितरण गरि दिने पूनः अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement