हैदरावादमा ७५० करोड रुपियाँले भरिएको ट्रक फेला परेपछि सबै चकित, जाँचमा पत्तो लाग्यो

indian-currency

हैदराबाद: पुलिस र अनुसन्धान एजेन्सीहरूले देशका धेरै राज्यहरूमा विधानसभा चुनावलाई लिएर लगातार कडा निगरानी राखिरहेका छन्। यसै क्रममा पुलिसले हैदराबादमा एउटा ट्रक समात्यो। खोलेपछि पुलिस पनि चकित परे। ट्रक नोटले भरिएको थियो। समाचारअनुसार ट्रकमा ७५० करोड रुपियाँ नगद राखिएको थियो। यसपछि पुलिस टोलीले यी नोटको छानबिन गर्न थाल्यो। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले उक्त ट्रक वा लरी ब्यांक अफ इण्डियाको भएको पत्ता लगाएको थियो। समाचारअनुसार उक्त ट्रक ब्यांकले नै पठाएको थियो र यो ट्रक केरलाबाट हैदरावाद आउँदै थियो। ट्रकमा राखिएको पैसा केरलाबाट हैदरावाद लगिएको थियो।

यस घटनापछि तेलंगानाका मुख्य निर्वाचन अधिकारीलाई पनि अलर्ट गरिएको थियो। उनले आफ्नो स्तरमा पनि छानबिन गर्दा उक्त रकम ब्यांककै रहेको पाइएको थियो। त्यसपछि मुख्य निर्वाचन अधिकृत विकास राजले सबै अड्कलबाजीलाई अन्त्य गर्दै ब्यांकका अधिकारीसँग वार्ता भइसकेको र यो रकम उनीहरुकै भएको बताए। निर्वाचनका कारण पुलिसले कुनै किसिमको जोखिम मोलिरहेको छैन। राज्यमा चुनावी ड्युटीमा तैनाथ पुलिसहरूले हरेक संदिग्ध र सम्भावित गडबडीको निगरानी गरिरहेका छन्, जसका कारण नगदले भरिएको यो ट्रक समातिएको हो। घटना मंगलबार रातिको हो। ब्यांक र आरबीआईसँगको परामर्शपछि ट्रक छाडिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement