गान्तोक। लोकसभा सांसद तथा कृषि, पशुपालन र खाद्य प्रसंस्करण सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष पी. सी. गड्डीगौडर पाँच दिवसीय भ्रमणमा आज सिक्किम आएका छन्। सांसदलाई रम्फूमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए।
यस अघि बागवानी विभागका संयुक्त निदेशक छिरिङ छोपेल भोटियाले सांसद गड्डीगौडरलाई बागडोगरा हवाई अड्डामा स्वागत जनाएका थिए। उनी आगामी २२ मईसम्म सिक्किम भ्रमणमा रहेको बताइएको छ।