असम र मणिपुरमा पनि डुरण्ड कपका म्याचहरू हुने

IMG-20220717-WA0086.jpg

१७ जुलाईः भारतको सबैभन्दा पुरानो फूटबल टुर्नामेण्ट डुरण्ड कपको आयोजन समितिले शनिवार यस प्रतिष्ठित टुर्नामेण्टलाई पहिलोपल्ट असम र मणिपुरमा खेलाइने घोषणा गऱ्यो। कलकत्ता बाहेक गुवाहटी र इम्फाल १५ अगस्तदेखि शुरु हुने यस टुर्नामेण्टको १३१औं संस्करणको आयोजक शहर हुनेछ। विवेकानन्द युवा भारतीय क्रीड़ांगनमा १८ सेप्टेम्बरको दिन टुर्नामेण्टको फाइनल खेलिनेछ। यसपाली टुर्नामेण्टमा हिस्सा लिने टीमहरूका संख्या १६-बाट बढ़ाएर २० गरिएको छ। गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियम र इम्फालको खुमान लम्पक स्टेडियम टुर्नामेण्टको नयाँ आयोजन स्थल हुनेछ। यसबाहेक पश्चिम बंगालमा कलकत्ताको युवा भारती क्रीड़ांगन र उत्तर २४ परगना जिल्लाको नैहाटी स्टेडियममा म्याचहरू खेलिनेछ। टुर्नामेण्ट आयोजन समितिका अध्यक्ष लेफ्टिनेण्ट जनरल केके रेप्सवालले भने, डुरण्ड कपको विस्तार गरिने विषयमा हामीले गत वर्ष नै भनेका थियौं। यस लक्ष्यलाई हासिल गर्न सकेर हामी खुशी छौं। तीनैवटा राज्य सरकारको उत्साह र सक्रिय समर्थन बिना यो सम्भव थिएन। उल्लेखनीय छ, डुरण्ड कप सबैभन्दा पहिला १८८८ सालमा शिमलामा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement