गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुवाहाटीमा जू-रोडमा निर्मित श्रद्धाञ्जली फ्लाईओभरको उद्घाटन गर्नेछन्। सोशियल मिडियामा राज्य शहरी विकास मन्त्री अशोक सिंघलले उक्त जानकारी दिएका छन्।
उल्लेख्य, गुवाहाटीको दोस्रो सबैभन्दा लामो २.३ किलोमिटर यस फ्लाईओभरको उद्घाटनको निम्ति दुल्ही सरह सजाइएको छ। निर्धारित समयभन्दा ११ महिनाअघि श्रद्धाञ्जली फ्लाईओभर बनेर तयार भएको छ।
मुख्यमन्त्री सरमाले सोशियम मिडियामा कुल ३१६ करोड रूपियॉंको लागतमा निर्मित यो फ्लाईओभरले गुवाहाटीको व्यस्त सडकमा ट्राफिक जामको समस्यालाई समाधान गर्नेछ भनी बताएका छन्।