मिरिक: मिरिक खण्ड अन्तर्गत पुटुङ चियाकमानमा पुजा बोनस लिएर हिजो बुधबारदेखि मालिक पक्ष र श्रमिकपक्ष बीच झमेला सृष्टि भई रहेको थियो। मालिक पक्षले १६% मात्र दिने निर्णय गरे पछि श्रमिकहरू बगानको कार्यलय अघि अनशन बसेका थिए। अनशन बसेको रातीको समयमा बगानको प्रबन्धक बिकाश देवान आफ्नो बंग्लोबाट निस्किएको र कतै गएको श्रमिकहरूले थाहा पाए। अन्तमा पुटुङ चियाकमानको कतिपय टेक्निकल बिषयहरू भएकोले १७% प्रतिशत बोनस दिने भए पछि श्रमिकहरू राजी भए। पछि सौरेनी ग्राम पञ्चायत दुइका उपप्रधान रगु तामाङ र पञ्चायत सदस्य रजिता खवासले अनशनकारीहरूलाई खदा साथै जुस खुवाएर अनशन उठाए। प्रबन्धक नभएको कारणले पुटुङ बगानका स्टाफहरूले प्रबन्धकलाई बोलाउने कार्यहरू गरिरहेको थाहा लागेको छ।