नगाउॅं: असमको नगाउॅं जिल्ला अन्तर्गत बेबेजिया छेउ शेनगोवामा भएको एक सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृतकको नाम बेबेजिया जामुगुरी निवासी विद्युत नाथ बताइएको छ।
पुलिसले आज भने, हिजो युवक नगाउॅंको बाटो भएर बाइकमा दु्रत गतिमा आइरहेको थियो र शेनसोवामा एउटा बिजुलीको खाम्बासॅंग ठोकिए। घाइते युवकलाई नगाउॅं सिविल अस्पताल पुऱ्याइयो, तर गम्भीर रूपमा घाइते युवकको केही समयपछि मृत्यु भयो। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेको छ।