मन्त्री शर्माले गरे सिंहदेवी मन्दिरकाे नवनिर्मित शेडकाे उद्घाटन

n5486611941697702380714234801bea32849559b41ae1bc961b2962dd73e7a36c39b58e0a554fad17519a3.jpg

गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्माले लोवर गेजिङस्थित सिंहदेवी मन्दिर परिसरमा नवनिर्मित शेड उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मन्त्रीको बाहुलीद्वारा मन्दिरको विकासमा निःस्वार्थ योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरियो।

सम्मानित बन्ने व्यक्तिहरूमा गेजिङ जिल्ला अस्पतालमा सीएमओ डा. विकास प्रधान लगायत सामाजिक कार्यकर्ताहरू चिरन सिगदेल, मोती राम, पुष्पा सुबेदी, उषा बस्नेत र खडकासिंह कटवल सामेल छन्। यसावधि मन्त्रीले मन्दिर कमिटीसॅंग अन्तरक्रिया गर्दै उनीहरूका गुनासोहरू सुनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement