हमास र इजरायलबीच अक्टोबर ७ देखि युद्ध चलिरहेको छ। हमासले गरेको आक्रमणको जवाफमा इजरायलले गाजामा आक्रमण जारी राखेको छ। युद्धमा दुवै पक्षबाट हजारौं मानिस मारिएका छन्। यसैबीच, गाजाको अल अहली अस्पतालमा मंगलबार राति रकेटले आक्रमण गरेको थियो। यस आक्रमणमा ५०० भन्दा बढीको मृत्यु भएको थियो। हमासले यस हमलाको लागि इजरायललाई दोष दिएको छ। तर इजरायलले हमासको षड्यन्त्र भएको आरोप लगाएको छ। अब इजरायलले यो हमला इजरायलले नगरेको भन्ने प्रमाण संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई उपलब्ध गराउने बताएको छ। इजरायलका विदेशमन्त्रीले यसबारे जानकारी दिएका छन्। यससँगै अमेरिकाले हमाससँग सम्बद्ध ९ सदस्य र एक इकाईमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन आज इजरायलको भ्रमणमा तेल अभिभ पुगेका छन्। बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेका थिए। पत्रकार सम्मेलनमा राष्ट्रपति बिडेनले गाजाको अस्पतालमा मंगलबार राति भएको आक्रमणको अमेरिका कडा निन्दा गर्दछ। उनले भने, ‘यहाँ आएपछि मैले जे देखेको छु, यो घटनामा इजरायलको कुनै हात छैन भन्ने लाग्छl’ अमेरिकी राष्ट्रपतिले गाजाको अल अहली ब्याप्टिस्ट अस्पतालमा राति भएको बम विष्फोटमा इजरायल नभई हमासको संलग्नता हुनसक्ने बताए। तर, अहिलेसम्म न जो बाइडेनले यस आक्रमणको कुनै प्रमाण पेश गरेका छन् न त इजरायली सेनाले कुनै प्रमाण दिएको छ। यसै क्रममा राष्ट्रपति बाइडेनले हमासको बन्धनमा रहेका बालबालिकाले के सोचिरहेका होलान्, त्यसको कल्पना गर्नुपर्ने पनि बताए। उनले भने, ‘यो कल्पना गर्न पनि मेरो समझ बाहिर छ। हमासका आतंककारीहरू आईएसआईएसभन्दा खतरनाक छन्l’